कर्णाली सरकार मन्त्री उत्पादन गर्ने कारखाना बनेको छ: कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको आवश्यकता महसुस भईसकेको बताएका छन् । माओवादी केन्द्रले संविधानमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको व्यवस्था राख्ने चाहेको भएपनि सहमति नभएको भन्दै अहिले त्यसको आवश्यकता महसुस भए संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

बुधबार कचहरीले प्रेस क्लबकाे शुभराम्भ कार्यक्रममा आफ्नाे भनाइ राख्दै मुख्यमन्त्री शर्माले अहिलेको संविधान उत्कृष्ट हुँदा हुँदै समय अनुकुल परिमार्जन गर्नुुपर्ने भएकाले कुनै धर्मग्रन्थ जस्तो अपरिवर्तनीय नबुझ्न आग्रह गरे ।

यस्तै, नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले काँग्रेस बैसाखी बिना टिक्नै नसक्ने पार्टी भएको आरोप लगाएका छन् । अहिले सत्तामा भएको पार्टी जनता अलमल्याउने तर्फ लागेको बताए ।

चुनाव सकिएको एक वर्ष नहुँदै सरकारमा भएको पार्टी नै अभियान भनेर जनता अलमल्याउने तर्फ लागेको छ उनले भने,`संवैधानिक प्रक्रिया पूरा गरेर छिमेकी जिल्ला बाँके र बर्दियालाई कर्णालीमा समावेश गर्न लाग्नुपर्छ ।,

संविधान जारी गर्दा नै कर्णाली प्रदेश रगत बगाएर प्राप्त भएको स्मरण गर्दै भौगोलिक र सामाजिक सांस्कृतिक रूपमा जोडिएका बाँके र बर्दियासहितको प्रदेश बनाएको भए उत्कृष्ट प्रदेश हुने नेता कँडेलले भने ।

कर्णाली सरकार मन्त्री उत्पादन गर्ने कारखाना बनेको सबै सांसदलार्ई मन्त्री बनाएर छोड्ने पार्टीबाट विकास हुन्छ भन्ने विश्वास नभएको उनले बताए ।

साथै, नेपाली काँग्रेसका संसदीय दलका सचेतक हिक्मत बिष्टले राज्यले कर्णाली प्रदेशलाई विशेष अधिकार प्रदान बताए । अन्य प्रदेश जस्तै कर्णालीलाई पनि त्यस्तै व्यवहार गरेमा कर्णालीको विकासमा बाधा हुने नेता बिष्टकाे भनाइ छ ।

कर्णाालीमा थुप्रै सम्भावना छन् त्यस्ता सम्भावनाको कुरालाई अध्ययन अनुसन्धान गरि कार्यन्वयनमा लैजनाका लागी अति आवश्यक रहेको उनले धारणा व्यक्त गरे ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कचहरीले प्रेस क्लब सञ्चालनमा आएको छ । संविधान दिवसको अवसर पारेर कचहरी प्रेस मिडिया प्रा.लि.ले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक कचहरी प्रेस क्लबको शुभारम्भ गरेको हाे ।

`संविधान कार्यान्वयनमा कर्णाली उपलब्धि र चुनौति´ विषयक अन्तर संवाद कार्यक्रममा मुख्य वक्ता कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेल, नेपाली काँग्रेस संसदीय दलका सचेतक हिक्मत बिष्टको उपस्थिति रहेको थियाे ।