जुम्ला क्षेत्र-२ मा एमालेका टेकराज पछाई विजयी

  ।   ७ मंसिर २०७९, बुधबार ११:५०

सुर्खेत । जुम्ला प्रदेश सभा–२ मा नेकपा एमालेका टेकराज पछाई विजयी भएका छन् । गठबन्धनका उम्मेदवार समाजवादीका पदमबहादुर रोकायलाई हराउँदै पछाई विजयी भएको हुन् ।

कर्णाली प्रदेशका बहालवाला भौक्तिक पूर्वाधार तथा सहकारी मन्त्री रोकायलाई पछाईले पराजित भएका हुन् ।

पछाईले ७ हजार ८१५ मतले विजयी भएका हुन् । भने रोकायले ६ हजार ७२२ मत ल्याएका छन् । पछाई नेकपा एमाले प्रदेश कमिटी उप–सचिव समेत हुन् । यस क्षेत्रमा जम्मा २० हजार ६१६ मत खसेको थियो ।

Next Post

कालीकोटमा महेन्द्रबहादुर शाहीले लिए अग्रता

७ मंसिर २०७९, बुधबार ११:५०
सुर्खेत । कालीकोटमा प्रतिनिधि सभामा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । १० हजार २८ मतगणना हुँदा शाहीले एमालेमा उम्मेदवार नगेन्द्रबहादुर शाहीभन्दा ४१९ मतले अग्रता लिएका हुन् । यसभन्दा अघि अग्रता लिएका एमाले उम्मेदवार नगेन्द्रले अहिले महेन्द्रबहादुरलाई पछ्याई रहेका छन् । नेकपा एमालेका उम्मेदवार नगेन्द्रले ३ […]