बाजुरामा मतगणना अझै अनिश्चित

बाजुरा । बाजुरामा हुने भनिएको मतगणना अझै अनिश्चित बनेको छ । दुई पटकको सर्वदलीय बैठकमा मतगणनाबारे सहमति जुट्न नसक्दा मतगणना अनिश्चित बनेको हो ।

निर्वाचन आयोगले रोकिएको मतगणना सुचारु गर्न बुधबार निर्देशन दिएको थियो । तर नेकपा एमालेले मतगणनामा सहमति नजनाउँदा अझै सुरु हुन नसकेको हो । आयोगको निर्णयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार सर्वदलीय बैठक बलाएको थियो ।

आज बिहीबार बिहान ७ बजे पनि सर्वदलीय बैठक बोलाएको तर सबै दलको उपस्थिति नभएपछि बैठक ११ बजे बोलाएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।