माओवादी नेता नरेश भण्डारीलाई जुम्ला इन्चार्जको जिम्मेवारी

सुर्खेत। नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेश भण्डारीले जुम्ला इन्चाजको जिम्मेवारी पाएका छन् ।
भण्डारीलाई माओवादीका प्रदेश इन्चार्ज कालिबहादुर मल्लले जिल्ला इन्चार्जको जिम्मेवारी दिएका हुन् ।

आफूलाई पार्टीले १५ वर्षपछि फेरि इन्चार्जको जिम्मेवारी दिएको जानकारी दिए । इन्चार्जको जिम्मेवारी पाएसँगै उनले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

पार्टी विधानले तोके बमोजिम भण्डारीलाई जिल्ला ईन्चार्जको जिम्मेवारी दिइएको प्रदेश इन्चार्ज कालीबहादुर मल्लद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । यसअघि जुम्ला इन्चार्जमा माओवादी नेता गजेन्द्रबहादुर महत थिए ।