सुर्खेतमामा २५ लाख ९६ हजारको चिनी बरामद

सुर्खेत । सुर्खेतकाे भेरीगंगा नगरपालिका –५ स्थित अस्थाई प्रहरी पोष्ट बबई सुर्खेतले चेकजाँचका क्रममा बिल नभएको चिनी बरामद गरेको छ।

नेपालगन्ज देखि अछाम तर्फ आउँदै गरेको भे१ख २४२९ नम्बरको मिनि ट्रकबाट अवैध चिनी प्रहरीले बरामद गरेको हाे ।
आइतबार अस्थाई प्रहरी पाेष्टबाट खटिएको टोलीले २५ लाख ९६ हजार बराबरकाे चिनि बरामद छ ।

चेकजाँच गर्दा चिनिकाे बिल नभएको ९४ प्रतिबारा , ४ हजार ७ केजी, प्लास्टिक पाेका १४४ चिनीसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

चिनी बरामद गरेर आवश्यक कारबाहीका लागि चिनी ल्याउने व्यक्तिसहित भन्सार कार्यालय नेपालगंजलाई बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।