एमाले संसदीय दल कर्णालीकाे वैठक आज दिउसो बस्दै

सुर्खेत । नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको आज वैठक दिउसो बस्ने भएको छ ।

मंगलबार दिउँसो एक बजे वैठक बस्न लागेको हाे । मुख्यमन्त्री गुमाएको एमालेले सरकारमा सहभागि हुने बारे आजबाट छलफल सुरु गर्न लागेको छ ।

एमालेकी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य दक्षिणा शाहीले सभामुख काे भन्ने विषयमा आज छलफल सुरु गर्ने तयारी रहेको बताईन् । ´उनले भनिन् ,´भाेलि २७ गते ५ बजे भित्र सभामुख काे बन्ने भन्ने बिषयमा छलफल टुङ्गाउनु पर्ने हुँदा वैठक बस्न लागेका छाै´ ।

यस्तै , वैठकमा दलका नेता यामलाल कँडेलले सरकारमा सहभागी हुने/नहुनेबारेमा छलफल गर्नका लागि पनि बैठक बोलाएका हुन् ।