कर्णाली प्रदेशको मुख्यमन्त्रीमा राजकुमार शर्माले भोली दाबी पेश गर्दै

सुर्खेत । कर्णाली प्रदेशले नयाँ मुख्यमन्त्री पाउँदैछ । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य राजकुमार शर्माले भोली बुधबार प्रदेश प्रमुखसँग दाबी पेश गर्ने भएका छन् । शर्माले तोकिएको समयसीमाभित्रै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेश गर्ने छन् ।

यस्तै, प्रमुख सत्तारुढ दल एमाले र माओवादीका नेताहरुको आज साँझ वार्ता हुने भएको छ । नेकपा माओवादीका प्रदेश उपाध्यक्ष एवम सांसद कृष्ण जिसी जितेन्द्रका अनुसार एमालेको संसदीय दलको वैठकपछि दुइ दलका नेताहरु बस्ने भएका हुन् ।

उनले भने, ‘दुइ दलबीच भागवण्डाबारे आज साँझसम्म छलफल हुन्छ’ । दुइ दलबीच सहमति भएपछि २९ गते नेकपा माओवादी संसदीय दलको वैठक बस्नेछ ।