पञ्चपुरी नगरपालिकामा लेखा अधिकृत सहित चार जनाविरुद्ध मुद्धा दायर

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका लेखा अधिकृत सहित चार जनाविरुद्ध मुद्धा दायर भएको छ । नगरपालिकाका लेखा अधिकृत मोहन बुढा, न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल रामजाली सहित अन्य दुई जनाविरुद्ध मुद्धा दायर गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई गैरकानुनी तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको छ ।

नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले २०७८÷२०७९ जेठ मसान्तसम्म विभिन्न खर्च शीर्षकबाट खर्च लेखी विभिन्न होटलका फर्जी बिल तयार गरी रकम हिनामिना गरेको भन्ने उजुरीमा मुद्धा दायर भएको छ । पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढाले होटल संचालकसँग खाली बिल लिई उक्त खाली बिलमा किर्ते बिल भरपाई तयार गरी भुक्तानीको लागि गोश्वारा भौचर र बैँक चेकमा समेत प्रमुख प्रशासकीय अधिकृतको दस्तखत महलमा किर्ते दस्तखत गरी लेखा अधिकृत मोहन बहादुर बुढाले दुई लाख ६२ हजार पाँच सय दुई रुपैया भुक्तानी गरेको पाइएको छ ।

भुक्तानी दिएको, भुक्तानीका लागि तयार पारेको विलको मिति र कार्यक्रममा उपस्थित मानिसहरुको संख्या र कार्यक्रमको मिति र उपस्थित संख्यासमेत फरक परेको देखिँदा निज मोहन बहादुर बुढाले झुट्टा बिल भरपाई तयार गरी पञ्चपुरी नगरपालिकालाई गैरकानूनी तवरले हानी पु¥याउने एबं आफूसमेतले गैरकानूनी लाभ लिने बदनियतले झुट्टा बिल भरपाई बनाउने कार्य गरेको हुँदाँ निजलाई भष्ट्राचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) वमोजिम कसुरमा बिगो रु.२ लाख ६२ हजार ५०२ रुपैया कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) वमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना गरी ऐ.ऐनको दफा ८(१) बमोजिम निजबाट उक्त बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ ।