कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गाेपनियताकाे शपथ ग्रहण गरेका छन् । बुधबार नियुक्ति भएका मन्त्रीहरुले शपथ ग्रहण गरेका हुन् । झन्डै दुई साता पछि मन्त्रिपरिषद्ले पूर्णता पाएकाे हाे । एमालेबाट सामाजिक विकास मन्त्रालयका टेकराज पछाई, उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्रालयका जितबहादुर मल्लले शपथ ग्रहण गरेका छन् ।

यस्तै, माओवादीबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालय कृष्ण बहादुर जि.सि, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा भिमप्रकाश शर्माले शपथ ग्रहण गरेका छन् । त्यस्तै, एमालेबाट आर्थिक मामिता तथा याेजना मन्त्रालय विनाेद कुमार शाह र माओवादीबाट भाैतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयका मंगल बहादुर शाहीले पुस २८ गते मुख्यमन्त्री राजकुमार शर्मा सँगै शपथ ग्रहण गरेका थिए ।