बेलायती ५६ वर्षीय प्रधानमन्त्रीले ३३ वर्षीया प्रेमिका क्यारी साइमण्डस्सँग विवाह गरे

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले तेस्रो पटक विवाह गर्नुभएको छ । एउटा सानो पारिवारिक जमघटमा उहाँले आफ्नी प्रेमिका क्यारी साइमण्डस्सँग विवाह गरेको डेलीमेल यूकेले जनाएको छ । सन् २०१९ देखि सम्बन्धमा रहेका ५६ वर्षीय प्रधानमन्त्री जोन्सन र ३३ वर्षीया साइमण्डस्ले एक क्याथोलिक चर्चमा पुगेर विवाह गरेकोे समाचारहरुमा उल्लेख छ ।

रसिक स्वभावका वृटिश प्रधानमन्त्री जोन्सनले गरे तेस्रो विवाह, अघिल्लासँग छन् चार सन्तान बेलायतमा दुई सय वर्षयता प्रधानमन्त्री पदमै रहेर विवाह गर्ने जोन्सन पहिला व्यक्ति भएको दि टेलिग्राफले जनाएको छ । कोरोना भाइरसका कारण लगाइएको नियमअनुसार विवाहमा जम्मा ३० जना मात्र अतिथि बोलाइएको पनि उल्लेख छ ।

जोन्सनले सन् २०१८ मा आफ्नी पत्नी मरिना ह्वीलरसँग २५ वर्षे सम्बन्ध तोडेको केही समयमै अहिलेकी प्रेमिकासँग दिल जोडेका थिए । मरिनासँग उनको चार बच्चा भएको थियो । रसिक स्वभावका वृटिश प्रधानमन्त्री जोन्सनले गरे तेस्रो विवाह, अघिल्लासँग छन् चार सन्तान जोन्सनले पहिलो विवाह भने २३ वर्षका उमेरमा एलेग्ग्रा मोस्टनसँग १९८७ मा गरेका थिए । तर जोन्सन बच्चादेखिकै साथि ह्वीलरसँग प्रेममा गाँसिएपछि १९९३ मा यो सम्बन्ध टुटेको थियो ।

रसिक स्वभावका वृटिश प्रधानमन्त्री जोन्सनले गरे तेस्रो विवाह, अघिल्लासँग छन् चार सन्तान जोन्सनको पूर्व पोल डान्सर जेनिफर अर्कुरीसँग पनि प्रेमसम्बन्ध रहेको डेलीमेल यूकेले जनाएको छ ।