कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १४ वर्ष पछि पक्राउ 

सुर्खेत । रुकुम जिल्लामा कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १४ वर्ष पछि पक्राउ परेका छन् ।  २०६५ साउन १६ गते देखि फरार अभियुक्त पक्राउ परेका हुन् ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. १ बस्ने प्रताप खत्रीका छोरा वर्ष ३१ का अगविर खत्री भन्ने अतिराम खत्रीलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

उनलाई आवश्यक कारबाहीको लागी रुकुम जिल्ला अदालतमा उपस्थित गराएको प्रहरी कार्यालयले जनाएको छ ।