सुर्खेतमा लागूऔषध सहित तीन जना पक्राउ

सुर्खेत । सुर्खेतमा लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । वीरेन्द्रनगरका छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रकाउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-१० का २२ वर्षीया रहिस कबडियालाई शंकास्पद रुपमा फेलापारी खानतलासी गर्दा उनकाे साथबाट शुद्द १ ग्राम ७३० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र २ लाख २२ हजार ८ सय ६५ नगद प्रहरीले बरामद गरेकाे छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागूऔषध नियन्त्रण व्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएका संयुक्त प्रहरी टोलिले गोप्य सुचनाको आधारमा रहिस कबडियालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले बताए ।

यस्तै, वीरेन्द्रनगर नगरपालिका ७ फुलबारी टोल बस्ने २९ वर्षीया प्रेम दमाई र २७ वर्षीया सुनिल थापालाई पनि प्रहरी प्रकाउ गरेकाे छ । उनीहरू साथबाट शुद्द ११० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र नगद १ लाख १ हजार रुपैयाँ बरामद गरेर नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको कार्कीले जानकारी दिए ।