दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

दैलेख । दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । सोमबार राति साढे १० बजे श्रीमान् र श्रीमतीबीच पारिवारिक विवाद भएपछि गुराँस गाउँपालिका ८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेका हुन् ।

खडकाले ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक किशोर लम्सालले जानकारी दिएका छन् । उनीहरुबिच विवाद भएपछि श्रीमानले काठको गरालोले हान्दा घटना स्थलमै मृत्यु भएको लम्सालले भने ।

शवलाई दैलेख जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको र पार्वतीको परिवारले जाहेरी दिने तयारी गरेको डीएसपी लम्सालले जानकारी दिए ।