जुम्लामा बासोले टाउकोमा हानेर घाइते 

सुर्खेत । जुम्लाको पातारासि गाउँपालिकामा बासोले टाउमा बासोले हानेर एकजना घाइते भएका छन् ।

पातारासि गाउँपालिका ३ छुमका ५७ बर्षीया हस्तेबिर बोहरालाई सोही ठाउँका अन्दाजी २२ बर्षीया संकरे बोहराले टाउकोमा बासोले हानेर घाइते बनाएका प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

संकरे बोहरालाई नियन्त्रणमा लिइएको र घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेका छ ।