सोच परिवर्तन नभएसम्म व्यवस्था परिवर्तन गर्न नसक्ने: ज्ञानेन्द्र शाही

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र शाहीले सोच परिवर्तन नभएसम्म कुनै पनि व्यक्तिले व्यवस्था परिवर्तन गर्न नसक्ने बताएका छन् ।

कर्णाली राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आइतबार कर्णाली उत्सवकोमा शाही रुपान्तरण नभइकन पुस्तान्तरणको कुनै पनि काम नभएको बताएका हुन् ।

यस्तै उनले, व्यवस्था परिवर्तन नै यो देशको उद्गम स्थल हाे, व्यवस्था परिवर्तन भएन भने अवस्था परिवर्तन गर्न हुन् सक्दैनन् ।

व्यवस्था परिवर्तन भएन भने अवस्था परिवर्तन गर्न सकिन्न,’ शाहीले भने, ‘त्यसैले व्यक्तिले अवस्था परिवर्तन गर्न सकिँदैन। अवस्थामात्रै परिवर्तन भएको भए यस्तो अवस्था हुँदैन थियो। युवालाई नेपालको राजनीतिमा स्वीकार गर्न सक्ने अवस्था नै छैन। त्यसैले पहिले रुपान्तरण अनि बल्ल पुस्तान्तरण हुन्छ।’ कुनै पनि व्यक्ति योजनाविना राजनीतिमा नआउने बताउँदै शाहीले पहिले आफू सुर्खेत आउँदा मान्छेहरुले कुट्न आउने र पत्रकारहरुले क्यामेरा उल्टो फर्काएर बस्ने गरेको स्मरण गरे।

‘कुनै पनि व्यक्ति योजनाविना राजनीतिमा आउँदैन। मेरै उदाहरणलाई लिएर हेरे हुन्छ। म बोल्दै गर्दा कुट्न आउँथे, क्यामेरा उता फर्किन्थे। आज यही मञ्चमा उभ्याइदिनुभएको छ, यही हो रुपान्तरण भनेको,’ शाहीले भने, ‘सोच विना र लक्ष्य विनाको मान्छे त मान्छे नै होइन नि।’

यस्तै , कार्यक्रममा रास्वपाका सांसद सोबिता गौतमले आफूहरुको मूल एजेण्डा रुपान्तरण नै रहेको बताइन्। तर नयाँ रुपान्तरणलाई बोक्न सक्नेगरि नयाँ पुस्ता आउनुपर्ने तर्क उनको थियो। ‘हाम्रो मूल एजेण्डा रुपान्तरण नै हो रुपान्तरणलाई बोक्ने फेरि नयाँ पुस्ता हो।

 

रुपान्तरणलाई बोक्न पुस्ता आवश्यकता पर्छ,’ उनले भनिन्, ‘नेपालको अहिलेको जनसंख्याको ४२ प्रतिशत हिस्सा युवा पुस्ताले ओगटेको छ। युवाको मुद्दा हजुरवुवा हजुरआमा उमेर समूहकाले बोक्न सक्नुहुन्न। त्यसैले सुरुमा रुपान्तरण जरुरी छ, त्यसपछि बल्ल पुस्तान्तरण हुन्छ।’ उनले अहिलेको युवा पुस्ताको विद्रोह पनि रुपान्तरणका लागि भएको बताइन्।