सुर्खेतकाे चाैकुनेमा मिसन ग्रासरूट सम्बन्धि एमालेकाे पालिकास्तरीय अभिमुखीकरण

सुर्खेत । नेकपा एमालेले सुर्खेत पश्चिमकाे चाैकुने गाउँपालिकामा मिसन ग्रासरुट सम्बन्धि अभिमुखीकरण गरेकाे छ।

एमालेले थालेकाे मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) सम्बन्धि अभिमुखीकरण शनिबार एमाले चाैकुने गाउँपालिका कमिटी, सुर्खेतले आयाेजना गरेकाे हाे।

उक्त अभिमुखीकरणमा बाेल्दै सहभागीहरुले पार्टी भित्रै भएको चरम गुटबन्दीका कारणले काम गर्न समस्या भएको गुनासाे गरे।

सहभागीहरूले भने, `पहिला-पहिला नेता गाउँमा आउदा स्वागत तथा सम्मानका लागि आधा बाटाेसम्म दाैडिएर जान्थ्याैं।  तर, अहिलेका नेताहरुकाे व्यवहारले कार्यकर्ता रनभुल्लमा परेका छन्।´

अभिमुखीकरणमा सहभागी एक वडास्तरीय नेताले भने, `एमाले भित्र चरमगुटबन्दी भयाे। याे गुटबन्दीले घरभित्रैका दाइ/भाईकाे सम्बन्धमा समेत दरार ल्याएकाे छ। काे नेताका कुरा मान्ने कसका नमान्ने कसका कुरा मान्ने त्यसैले हामीलाई कुनैपनि काम गर्नका लागि समस्या उत्पन्न भएका छन्।´

नेता-कार्यकर्तालाई मिसन ग्रासरूट सम्बन्धि नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनाेदकुमार शाहले अभिमुखीकरण दिएका थिए।

यस्तै, शाहले मिसन ग्रासरूटका चाैकुने गाउँपालिका लागि खटिएका प्रदेश प्रतिनिधिकाे विवरण सार्वजनिक गरेका थिए।

यस्तै, अध्यक्ष शाहले अभिमुखीकरण कार्यक्रमले नेता-कार्यकर्तालाई जिम्मेवार व्यक्ति बनाउने बताए। तर, उनले अभिमुखीकरणमा नेता तथा कार्यकर्ताकाे सहभागी न्यून हुनु दु:खत रहेकाे बताए।

उनले भने, `पार्टीकाे अधिवेशनकाे समयमा नेतृत्व लिन र चुनावकाे समयमा टिकटका लागि लुछालुछ हुन्छ। अभिमुखीकरणमा किन उपस्थिति किन भएन्।याे उपस्थिति नितान्त कमजाेर भयाे।´

यस्तै, अध्यक्ष शाहले एमाले पार्टी बनाउनका लागि धेरै दु:ख गर्न आवश्यक रहेकाे सुझाव दिए।

एमालेले पार्टी भित्रै भएकाे चरम गुटबन्दी, एकले अर्काकाे कसरी खुट्टा तान्ने, एकका कुरा अक्राे व्यक्ति कहाँ पुर्याएर आराेप कसरी लगाउने भन्ने कुराकाे अन्त्य गर्नका लागि मिसन ग्रासरुट अभियान सुरु भएको हाे।

साथै, अध्यक्ष शाहले सबैले आर्थिक रुपमा राजनीति गर्न सिक्नुपर्ने अवस्था आएकाे बताए।

यस्तै, नेकपा एमाले सुर्खेत जिल्ला कमिटी उपाध्यक्ष कुलमणी देवकोटाले स्थानीय तहकाे निर्वाचनमा भएको कुरालाई लिएर धेरै नेता-कार्यकर्ताहरू रुष्ट नहुनुपर्ने बताए ।

उनले भने, `स्थानीय तहकाे निर्वाचनमा उम्मेदवारका लागि स्थानीय तहबाट सर्वसम्मत सिफारिस भएर जिल्लामा नाम आएका थिए। त्यसै अनुसार प्रदेशमा पठाएका थियौँ। गुटबन्दीका कारण टिकट  वितरण लगायत स्थानीय तहकाे निर्वाचनमा हामीबाट  कुनै समस्या भएको थिएन्।´

यस्तै, देवकाेटाले अब सबै साथिहरुलाई एकजुट गरेर एक आपसमा मनमुटाव नराखेर सबै मिलेर सुधार्नु पर्ने अवस्था आएकाे छ।  सारा नेपाली जनताकाे पार्टी एमाले हाे।´