जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ

सुर्खेत । सुर्खेतको जिल्लाको भेरीगंगाबाट जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका–१ अमिलावारी बस्ने १६ वर्षीय सन्तोष रामजालीलाई पक्राउ गरेको हो।

सादा पोसाकमा खटिएका प्रहरी टोलिले उनलाई भेरीगंगा–२ स्थित सप्तरीबाट नियन्त्रणमा लिएको जनाएको छ। उनलाई सुर्खेत जिल्ला अदालतको लगत नं २५३७ मा जवरजस्ती करणी मुद्दामा ३ महिना जेल सजाय तोकिएको छ।

यस्तै, फरार प्रतिवादी रामजालीलाई नियन्त्रणमा लिएर फैसला कार्यान्वयनको लागि प्रहरीले जिल्ला अदालत सुर्खेतमा बुझाईएको छ।