ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

सुर्खेत । दैलेखमा मनकामना ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको छ । ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बुधवार नेपालगन्जबाट दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ तालपोखरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन् ।

मृत्यु हुनेहरूमा चालक कृष्ण चौधरी, लक्षिराम चौधरी र विष्णु चौधरी रहेको लम्सालले जानकारी दिए ।

लम्सालका अनुसार सहचालक प्रकाश कुमाई घाइते भएका छन् । ट्रक सडकबाट झन्डै १५० मिटर तल खसेको छ ।