प्रदेश सरकारद्धारा  चैत १२ गते जुम्लामा सार्वजनिक बिदा  

सुर्खेत । कर्णाली प्रदेश सरकारले चैत १२ गते जुम्ला जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार चैत १२ गते आइतबार जुम्ला जिल्लामा मात्रै सार्वजनिक बिदा हुने भएको हो।

कर्णाली प्रदेश सरकारको मन्त्रिपारिषद् बैठकले चैत १२ गते जुम्ला जिल्लामा मनाइने राष्ट्रिय धान दिवसको अवसरमा बिदा दिने निर्णय गरेको थियो। मन्त्रालयका अनुसार बिदाको दिन जुम्ला स्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा मात्र सार्वजनिक बिदा हुने छ।

यस्तै, १० जिल्ला रहेको कर्णाली प्रदेशमा जुम्ला बाहेक अन्य जिल्लामा राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते सार्वजनिक बिदा दिने गर्दछ।