ए डिभिजन लिगमा आज दुई खेल हुदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज ११ औं चरणका अन्तिम दुई खेल हुनेछ । मछिन्द्र एफसीले बिहीबार सातदोबाटोलाई हराएर लिग उपाधि पक्का गरेसँगै अब उपाधि होड सकिएको छ ।

तर शीर्ष तीनमा रहने, मिड टेबलमा रहने र रेलिगेसनबाट जोगिनका लागि अझै क्लबहरू प्रतिस्पर्धामा छन् ।

आज दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले एपीएफ एफसीसँग र एनआरटीले संकटा क्लबसँग खेल्दैछ । दुवै खेल दिउँसो एक बजे सुरु हुनेछ ।