कर्णाली सरकारका तीन एमाले मन्त्रीले  दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकार नेकपा एमाले बाहिरिएको छ । आइतबार मुख्यमन्त्री राजकुमार शर्मा सामु सामुहिक राजीनामा बुझाएका हुन् ।

कर्णालीमा एमालेका तीन मन्त्री छन् । कर्णाली सरकारमा आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह, सामाजिक विकासमन्त्री पछाईँ र उद्योग वातावरण तथा पर्यटन मन्त्रीमा जीतबहादुर मल्ल छन् ।

यहाँ एमाले-माओवादीबीच आलोपालोमा मुख्यमन्त्री चलाउने गरी सुरूमा राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए ।

केन्द्रमा गठबन्धन फेरिएसँगै कर्णालीमा एमाले सरकारबाट बाहिरिएको हो ।