कर्णाली प्रदेश सभाकाे बैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक स्थगित भएकाे छ । साेमबार (आज) दिउँसो तीन बजे बस्ने भनिएको वैठक स्थगित भएको हाे । आजै दिउसो १ बजे प्रदेश सभामा बसेको सर्वदलीय वैठकमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले सदन सार्ने प्रस्ताव पेश गरेका थिए ।

 

आइतबार नेकपा माओवादी र नेपाली काँग्रेस बीच सत्ता सहकार्यका बारेमा आधिकारिक निर्णय भएसँगै मन्त्री छान्ने तयारी गर्नका लागि सदन सारेकाे कर्णाली प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

 

बिहीबार ७ गते दिउँसो ३ बजे बस्ने गरेर सदन स्थगित गरिएको छ । यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक विश्वास मत लिखेपनि सम्भावना रहेकाे छ ।