कर्णालीका मुख्यमन्त्री शर्माले तेस्राे पटक विश्वासको मत मागे

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मागेका छन् । प्रदेशसभाकाे १४ औँ बैठकमा आफ्नो भनाइ राख्दै उनले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका हुन् ।

उनले कर्णालीका शत्रु भनेका रोग, भोक र विकटता भएको भन्दै सबै दलहरु त्यसको विरुद्धमा एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

प्रदेश सरकारको काम कारबारीका लागि ६१ बुँदे निर्देशन जारी भइसकेकाले त्यसको कार्यान्वयन देखिन थालेको उनले बताए ।

आफू, तथ्य र तथ्यांकसहित अग्रसर हुने भएकाले विश्वासको मत दिएमा गर्व गर्न लायक मुख्यमन्त्रीको रुपमा काम गर्नेछु मुख्यमन्त्री शर्माले भने ।,