सुर्खेत । कर्णाली करिडोरको खुलालु–सल्लीसल्ला सडक योजना अन्तर्गत कर्णाली नदीको खुलालु सडक सात दिनलाई बन्द हुने भएको छ।
खुलालु पुल नजिकै सडकको स्तर उन्नति कार्य हुने भएकाले सात दिनका लागि सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले सूचना प्रकाशन गरेको हो ।

सडकको स्तर उन्नति गर्नका लागि ज्येष्ठ १ गते देखि सात दिनका लागि सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय कालिकोट सायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जनाएका छन् ।
कर्णाली करिडोर हुँदै कालिकोटको नहरीनाथ, सान्नीत्रिणेणी,पचालझरना, पलाँता गाउँपालिका, रास्कोट नगपालिका र बाजुरा र हुम्ला आउ जाउ गर्ने सवारी साधन सात दिन सम्म बन्द रहने भएका छन्।
उक्त समयमा मालबहाक तथा अन्य यातायातका साधनहरु समेत बन्द हुने अधिकारीले बताए ।

प्रकाशित मिति : २०८० वैशाख २९ गते शुक्रबार






