बलात्कार आराेप लागेका फरार बुढा ६ दिनपछि प्रकाउ

सुर्खेत । कालिकोट जिल्लाकाे पलाता गाउँपालिका-६ सैनका ३१ वर्षीया बलात्कार आराेपी शंक बुढा प्रकाउ परेका छन् । उनी फरार भएको ६ दिनपछि प्रकाउ परेका हुन् ।

वैशाख २५ गते बुढालाई प्रहरीले प्रकाउ गर्न जादा स्थानीय र उनका आफन्तले प्रहरी माथि ढुङ्गामुढा गरेका थिए ।

बुढालाई पक्राउ गरी कालिकोट सदरमुकाम ल्याउँदै गर्दा प्रहरीलाई नै कुटपिट गरी हतकडीसहित फरार भएका हुन् ।

बुढालाई वडा नम्बर ७ को दुर्सी खोलाबाट भाग्दै गर्दा आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिएका छन् ।

बुढाले गत असोज ३१ गते गाउँकै एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियाे । पीडित परिवारले गत कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो । त्यसयता उनी फरार हुँदै आएका थिए । ।

बुढाले पीडित महिलाका आफन्तलाई मारेर मात्र जेल जाने भन्दै धम्की दिदै आएका थिए । बुढालाई पक्राउ गर्न जाँदा प्रहरी र पीडित परिवारमाथि आक्रमण गर्ने उनका ७ जना आफन्तलाई प्रहरीले पक्राउ गरेको थियो।

उनका आफन्त २८ वर्षीय मैना बम बुढा, सोही ठाउँका ४२ वर्षीया जानकी बुढा, ६० वर्षीया जैपुरा बुढा, ५९ वर्षीया कलशा बम, ६१ वर्षीया जनकला बुढा र ३५ वर्षीय जल बुढा र १५ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा लगाइएको छ।