जुम्लामा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत । जुम्लाको सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिकामा जाँदै गरेको अटोरिक्सा दुर्घटना हुदा एककाे मृत्यु हुनाको साथै दुई जना घाइते भएका छन् ।

 

खलंगादेखि पातारासी जाँदै गरेको क १ घ १५ नम्बरको अटोरिक्सा दुर्घटना भएको हो । चन्दननाथ नगरपालिका– १० का अन्दाजी ४० वर्षीय मेघराज न्यौपानेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक प्रल्हाद कार्कीले जानकारी दिएका छन् ।

 

यस्तै, घाइते हुनेमा पातारासी गाउँँपालिका–३ का ४२ वर्षीया कृष्ण बोहरा र अटोचालक चन्दननाथ नगरपालिका– ९ का गोविन्द सार्की सामान्य घाईते रहेको कार्कीले बताए । घाइते दुईजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।