२०८२ असार १७ , मंगलबार

नेवारी नृत्य तथा धिमे बाजाको संरक्षणमा जोड दिनुपर्छः नगरप्रमुख ढकाल



सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले विविधतामा एकता भएको हाम्रो देश विश्वमान चित्र पहिचान बनाएको बताइन् । शुक्रवार वीरेन्द्रनगरमा नेवारी नृत्य तथा धिमे बाजा प्रशिक्षण कार्यक्रममा ढकालले विकासमा पूर्वधार मात्रै नभएर सामाजिक न्याय पनि विकास भएको बताएकी हुन् ।

संसारकै समृद्ध राष्ट्र भनेर चिनिने अमेरिकाले हाम्रो देशमा रहेका टोल विकास संस्थाहरुबाट पनि सामाजिक सद्भाव जस्ता कुराहरु सिक्दैछ गरेको ढकालले भनिन्,’ ‘हामीले हाम्रो समुदायमा हाम्रा संस्कृति एकआपसमा गर्दछौ आएका छौं भने अमेरिकाहरुले पनि हाम्रो सामाजिक सदभावका आनिबानी सिक्नु पर्ने आवश्यक रहेको छ । हामीले जातजातिका भाषा संस्कृति संरक्षण गर्न सके पर्यटकिय गन्तब्य बन्न सक्छ ।’
हाम्रो देशमा रहेका विभिन्न जातजातिका समाजिक संस्कृति भाषाहरुको जगेर्ना गर्नुपर्नेमा ढकालले जोड दिइन् ।

त्यस्तै, कार्यक्रममा नेवारी नृत्य तथा धिमे बाजाका प्रशिक्षक सुदनमान मुनिकारले सुर्खेतमा रहनुभएका नेवार समुदायले आफ्नो कलासंस्कृतिलाई जगेर्ना गर्नका जोड दिनु पर्ने बताए । उनले,‘वीरेन्द्रनगरको गुरुयोजना बनाउने हाम्रो समुदायको माधवभक्त माथेमाको शहरमा आफुले जानेको कलासंस्कृतिलाई सबै सँग बाढ्न पाएकोमा अत्यन्त खुशी लागेको जनाए । यो अवधीमा म आफुले जानेको कलालाई तनमन दिएर सिकाउने छु उनले भने ।,

नेवार समुदायको संगठन नेवाः देय् दबु सुर्खेतको आयोजना तथा शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको सहयोगमा वीरेन्द्रनगरमा २० दिने नेवारी नृत्य तथा धिमे बाजा प्रशिक्षण कार्यक्रम आजदेखि शुरु भएको छ ।

कार्यक्रममा दबु सुर्खेतका अध्यक्ष तिला शाक्य श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष लवमान श्रेष्ठ, सचिव बालकृष्ण श्रेष्ठ, वरिष्ठ अधिवक्ता ध्रुवकुमार श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका कार्यवहाक अध्यक्ष अशोक राजी र नेवाः देय् दबुका नि. वर्तमान केन्द्रिय उपाध्यक्ष मिलन श्रेष्ठको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० जेठ ५ गते शुक्रबार