कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो ।

काठमाडौँका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँ महानगरपालिकासहित १० नगरपालिकामा आज निर्वाचन हुन लागेको जानकारी दिए ।