बलात्कारको आरोपमा पूर्वक्याम्पस प्रमुख पक्राउ

दाङ । दाङको देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

आइतबार २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका–५ रातोडाँडास्थित उनकै निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिएका छन् ।

पीडितले दिएको उजुरीका आधारमा पक्राउ परेका शेषमणि हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी गौतमले जनाए ।

अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।