विवाह बन्धनमा बाँधिन सोविता गौतम 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिएकी छन् । उनले हालै आफ्नो प्रेमी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी छन् ।

नेकपा माओवादीमा आबद्ध घिमिरे र सोविता लामो समयदेखि प्रेममा थिए ।  चितवन घर भएका गृहेन्द्र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाञ्जा भएको जनाइएको छ । घरमा पूजा लगाएका बेला सानो जमघटमा उनीहरू विवाह बन्धनमा बाँधिएको बुझिएको छ ।

 

विवाहपश्चात् दुवैजना जापान गएका छन् । २८ वर्षिया सोविता गत मंसिरमा भएको आमनिर्वाचनमा प्रत्यक्षतर्फ काठमाडौं २ बाट विजयी भएकी हुन् ।