सेयर बजार ३३ अंकले घट्यो, परिसूचक २१ सयबाट ओरालो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजारको घट्ने क्रम रोकिएन । यस दिन सेयर बजार नेप्से परिसूचक ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको छ ।

यस दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इन्डेक्स ७.१८ अंकले घटेर ४०३.४८ बिन्दुमा ओर्लिएको छ ।

यस दिन २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ रुपैयाँको कारोबार भएको छ ।

यस दिन जम्मा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको मूल्य घटेको छ ।