मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा

धनगढी । मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ। बिहीबार भाेलि हुने गाेल्डकपकाे तयारी पूरा भएको हाे ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगिताको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा ट्रफी पनि सार्वजनिक गरिएको छ ।

भोलि धनगढी रंगशालामा हुने प्रतियोगिताको उदघाटन खेलमा मनाङ मर्स्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब भिड्ने छन् । प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष सुरेश हमालले बताए । आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाइसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्युरोड टिम र मछिन्द्र फुटबल क्लब प्रतियोगितामा सहभागी रहेका छन् ।