चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु

सुर्खेत । दैलेखकाे भैरवी गाउँपालिका-६ तोरीमूलमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

शनिबार परेकाे चट्याङले १२ वर्षीया बालिका शर्मिलन कँडेलकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपक मगराठिले जानकारी दिए ।

चट्याङका कारण घाइते भएकी शर्मिलाकाे उपचारका लागि दुल्लु अस्पताल लगिएको थियाे । त्यहाँ उपचार सम्भव नहुँदा शर्मिलाई प्रदेश अस्पताल सुर्खेततर्फ ल्याउदै गर्दा डुगेश्वमा मृत्यु भएको हाे ।