एमाले कालिकोटको अध्यक्षमा तुलाराज मल्ल निर्वाचित

सुर्खेत । नेकपा एमाले कालिकोटको अध्यक्षमा तुलाराज मल्ल निर्वाचित भएका छन् । अध्यक्षका प्रतिद्वन्द्वी दयाराम सिम्खडालाई हराउँदै मल्ल निर्वाचित भएका हुन् ।

मल्लले जम्मा १८६ मत प्राप्त गर्दा सिम्खडाले ११८ मत मात्रै प्राप्त गरेका हुन् ।

उपाध्यक्षमा टेकबहादुर बुढाले २१० मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी कमल बहादुर शाहीले जम्मा १७२ मत प्राप्त गरेका छन् ।

यस्तै, सचिवमा पुस्पराज आचार्यले २१२ मत ल्याएर विजयी भए भने निकटतम प्रतिद्वन्द्वी खडानन्द चाैलागाई १५८ मत प्राप्त गरेका छन् ।

साथै, उप-सचिव खुलामा पवित्र शाहीले १६८ मत प्राप्त निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी प्रेम बहादुर बुढाले ९२ मत ल्याएरका थिए ।

यस्तै, उप-सचिव महिलामा तारा कुमारी शाहीले २१२ मत ल्याएर विजयी भएकी छन् भने सुभद्रा सिंहले १५७ मत प्राप्त गरेकी छन् ।

नेकपा एमाले कालिकाेेटकाे ११ औं अधिवेशनमा सर्वसहमतकाे प्रयास असफल भएपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हाे ।

नयाँ नेतृत्वका लागि शनिबार दिउँसो १० बजेदेखि मतदान भएको थियाे । १० बजेदेखि सुरू भएको मतदान प्रक्रिया बेलुका ६ बजे सकिएकाे थियाे । मतगणना पनि शनिबार साँझदेखि सुरू गरिएको थियोे ।

निर्वाचनमा कुल ४२८ मतदाता मध्ये ४२४ जना मतदाताले मतदान गरेका थिए । पदाधिकारीकाे मतगणना सम्पन्न भएको हाे ।