कर्णालीको मुख्यमन्त्रीमा यामलाल नियुक्त

सुर्खेत । कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बनेका छन् ।

प्रदेश प्रमुख तिलक परियारले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गठबन्धनमा रहेका एमाले-माओवादी र नेकपा एसका कूल २३ सांसदले हस्ताक्षरसहित यामलालाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका छन् ।

कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् । कर्णालीमा सरकार गठनका लागि २१ जना आवश्यक पर्छ ।

प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्रीको पद तथा गोपनीयतानको शपथ भोलि गर्ने जनाएको छ ।