कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।

माओवादी संसदीय दलका नेता कँडेलले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा माओवादी र र एकीकृत समाजवादीको समर्थनले समर्थन गरेको छ ।