ज्याला ट्रेडर्सकाे गाेदाममा लागेको आगाे नियन्त्रण

सुर्खेत । ज्याला ट्रेडर्सकाे गाेदाममा लागेको आगलागी नियन्त्रणमा आएकाे छ । वीरेन्द्रनगर-६ मा रहेकाे ज्याला ट्रेडर्सकाे गाेदाममा लागेकाे आगाे नियन्त्रणमा आएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी, स्थानीयवासी, सशस्त्र प्रहरी, नेपाल सेना, वीरेन्द्रनग नगरपालिकाकाे दमकलक, नेपाल आयल निगमकाे दमकल, डिभिवन वन कार्यालयकाे ट्यांकरकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे हाे ।

गोदाममा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आएको हो ।

आगलागीबाट गोदममा राखिएको कलर, पाइप र नजिकै रहेको यज्ञपिस बोर्डिङ स्कुलमा समेत क्षती पुगेको छ भने आगलागीबाट के कति क्षति भयाे भनेर विवरण आएको छैन् ।

आगलागीको कारण भने अहिलेसम्म खुलेको छैन् ।