कर्णाली प्रदेश सदस्यमा पाण्डेको उम्मेदवारी, १४ वर्षदेखि पशु सेवामा सक्रिय

सुर्खेत । पशु सेवा प्राबिधिक र पशु व्यवसायीहरूको नियामक निकाय नेपाल पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्ष र सदस्य पदका लागि ६२ जनाको उम्मेदवारी परेको छ । यसअन्तर्गत कर्णाली प्रदेश सदस्यका लागि प्रकाश पाण्डेसहित चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाश पाण्डे नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसनका पूर्व केन्द्रीय सदस्य र हाल उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक हुन् । बिगत १४ वर्षदेखि पशु सेवामा सक्रिय पाण्डे लमही नगरपालिकामा कार्यरत छन् ।

पाण्डेले लामो समयदेखि पशु स्वास्थ्य र सेवामा योगदान पुर्‍याउँदै आएका छन् । कर्णाली प्रदेशका अन्य उम्मेदवारहरूमा नारायण न्यौपाने, यज्ञप्रसाद पाण्डे, र चिरञ्जीवी प्रसाद उपाध्याय रहेका छन् ।

कुल ६२ उम्मेदवारमध्ये उपाध्यक्ष पदका लागि पाँच जना प्रतिस्पर्धामा छन् भने खुला सदस्य, महिला सदस्य र सातै प्रदेशका सदस्य पदका लागि उम्मेदवारी मनोनयन गरिएको निर्वाचन समितिले जनाएको छ।

पशु स्वास्थ्य र सेवाको क्षेत्रमा अनुभव र नेतृत्व क्षमताका कारण प्रकाश पाण्डे कर्णाली प्रदेश सदस्यका लागि बलियो दाबेदार मानिएका छन् ।