सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा असमानता विरुद्धको अभियान अन्तर्गत ¥याली सहित कोणसभा गरिएको छ । गैर सरकारी संस्था महासङ्घ कर्णाली प्रदेश सुर्खेत लगायतका विभिन्न निकायहरूको आयोजनामा असमानता विरुद्धको ¥याली गरिएको हो ।
समाजमा देखिएका विभिन्न असमानताहरूको समाधान गर्नुपर्ने, समान कामको समान ज्याला प्रदान गर्नुपर्ने, सबै खाले हिंसाको अन्त्य गर्नुपर्ने, जातीय, क्षेत्रीय, भूगोल लगायतका असमानताहरूको अन्त्य गर्न सम्बन्धित निकायहरूले प्रभावकारी काम गर्नुपर्ने ।
जलवायु परिवर्तनले अल्पविकसित मुलुकहरूमा पारेको प्रभाव न्यूनीकरण लगायतका विषयहरूमा प्लेकार्ड सहितको ¥याली गरिएको गैर सरकारी संस्था महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसीले जानकारी दिएका छन् ।

कोण सभापछि स्थानीय पिपल चौतारीमा गरिएको कोण सभामा बोल्दै पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले हिजोको निरङ्कुश तन्त्रमा देखिएको असमानताका विरुद्ध नेपाली जनताले लडेर प्राप्त गरेको उपलब्धिको रक्षा गर्दै अहिले पनि संविधान कानुनमा उल्लेख गरिएका कुराहरूको समेत व्यवहारिक कार्यान्वयन नभएकोले तत्काल कार्यान्वयन गरेर समानता कायम गर्नुपर्ने बताएका छन् ।
नयाँ विश्व सम्भव छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै धनी र गरिब बिचको खाडल पुर्नुपर्ने । ज्यालामा समानता ल्याउनुपर्ने, विभिन्न जातीय क्षेत्रीय रूपमा भएका असमानताहरूलाई समाधान गर्नुपर्ने बताएका छन् ।

ए.के. सञ्चार । १० माघ २०८१, बिहीबार २१:१०