हिमपहिरो प्रभावित तिल गाउँमा कर्णाली सरकारको राहत सहयोग



सुर्खेत। हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिल गाउँमा गएको हिमपहिरोपछि जोखीममा परेका स्थानीयहरूलाई कर्णाली प्रदेश सरकारले राहत सामग्री पठाएको छ।

जेठ ७ गते राति ११ बजे आएको हिमपहिरोका कारण जोखिममा परेका स्थानीयहरूको अवस्थाबारे मुख्यमन्त्रीको निर्देशनमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय राहत सामग्री पठाएको हाे।

त्यसअनुसार जेठ ८ गते बिहान ११ बजे कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट आवश्यक राहत सामग्री हवाईमार्ग हुँदै प्रभावित क्षेत्रमा पठाइएको मन्त्रालयका प्रवक्ता तथा उपसचिव उत्तम गौतमले जानकारी दिए।

प्राप्त जानकारीअनुसार जिल्ला प्रशासन कार्यालय, हुम्लाको मागका आधारमा बोमिघामबाट हेलिकोप्टरमार्फत टेन्ट, त्रिपाल, कम्बल, तयार खानेकुरा, लत्ताकपडा, सेट सोलार, सुत्केरी सामग्रीलगायतका राहत सामग्री हिमपहिरो प्रभावित तिल गाउँमा पुराइएकाे हो।

प्रवक्ता गौतमले घटनाप्रति दुःख व्यक्त गर्दै सम्भावित जोखिम न्यूनीकरण र राहत व्यवस्थापनमा प्रदेश सरकार गम्भीर रहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८२ जेठ ८ गते बिहीबार