आइफोन-१४ प्रो र आइफोन-१४ प्रो म्याक्सको मूल्य घट्यो

आइफोन-१४ प्रो र आइफोन-१४ प्रो म्याक्सको बजार मूल्य घटेको छ।

नयाँ मूल्य सूची अनुसार अब १२८ क्षमता भएको आइफोन-१४ प्रोको मूल्य एक लाख ८० हजार १९० रुपैयाँ र २५६ जिबी क्षमताको आइफोन-१४ प्रोको मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ पुगेको छ।

त्यस्तै १२८ जिबी क्षमताको आइफोन-१४ प्रो म्याक्सको मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ र २५६ जिबी क्षमता भएको आइफोन-१४ प्रो म्याक्सको बजार मूल्य दुई लाख १७ हजार ७९० रुपैयाँ तोकिएको छ।

यीसँगै नेपालमा आइफोन-१४ को विभिन्न मोडल खरिद गर्न सकिन्छ।

नेपालमा एप्पलको आइफोनको लागि आधिकारिक आयातकर्ता तथा वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालि रहेको छ।