सुर्खेत। नागरिकता विधेयक संसदीय समितिमा नपठाई संसदबाट पारित गरिएकोमा पूर्व मुख्यसचिव लीलामणि पौडेलले आपत्ति जनाएका छन् ।आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै २ वर्षसम्म राज्य व्यवस्था समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लिएर नयाँ विधेयक ल्याउनु र समितिमा दफावार छलफलमा नपठाई ‘हुन्छ र हुन्न’ भन्दै प्रश्न गरेका छन् । पौडेलले यो विधेयक राष्ट्रिय सभाले फिर्ता गर्नुपर्ने समेत बताएका छन् ।
चीनका लागि पूर्व नेपाली राजदूतसमेत रहेका पौडेलले दलहरूको विकल्प भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने र वैकल्पिक शक्ति भन्नेहरुलेसमेत नागरिकता जस्तो राष्ट्रको सर्वोपरि चासोको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न नसकेको भन्दै प्रश्न उठाएका छन् ।
उनले सामाजि सञ्जालमा लेखेका छन् , ‘विधेयक राष्ट्रिय सभाले फिर्ता गरोस् १ विधेयकलाई सार्वजनिक बहसमा ल्याएर आम नागरिकले पनि विधेयकका बारेमा आफ्नो विचार संसदमा अभिलेख गर्न सक्ने र समितिमा पुन छलफल गराइ सुझाव लिएर सांसदले लिखित रुपमै आफ्नो मत स्वतन्त्र ढङ्गले राख्न पाउने गरी पारदर्शी मत विभाजन गराएर विधेयक पास गराऊ सरकार ।
ए.के. सञ्चार । ८ श्रावण २०७९, आईतवार ११:३४