सुर्खेतमा सार्वजनिक सवारीको जोर विजोर प्रणाली हट्यो

सुखेृत । सुर्खेतबाट चल्ने सार्वजनिक सवारीको जोर विजोर प्रणाली हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै सार्वजनिक सवारी साधान सञ्चालनमा जोर विजोर प्रणाली हटाइएको बताएको छ ।

प्रशासनका अनुसार जिल्लाभित्र संचालन हुने सबै सवारी साधानमा जोर विजोर प्रणाली हटाइएको हो । तर जोर विजोर प्रणाली हटाइएपनि सवारी सञ्चालनमा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइएको छ ।