२०८२ पुस १८ , शुक्रबार

चक्कु प्रहारबाट घाइते गुरुङको अवस्था जटिल




सुर्खेत । सुर्खेतमा धारिलो हतियार चक्कु प्रहारबाट घाइते ललित गुरुङको अवस्था जटिल बनेको छ । वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीमा धारिलो हतियार चक्कु प्रहारबाट घाइते ललित गुरुङको अवस्था जटिल बनेपछि काठमाडौं लिन तयारी गरिएको छ । समान्य विवादमा सोही ठाउँका उपेन्द्र शाहीले मंगलबार ३४ वर्षीय गुरुङलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको हो ।

घाइते गुरुङलाई शुरुमा माया नर्सिङ होम उपचार गरिएपनि चोट लागेको ठाउँबाट रगत बग्न नरोकिएपछि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो ।तर प्रदेश अस्पतालमा सुधार नभएपछि थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको हो ।

प्रकाशित मिति : २०७९ भदौ ८ गते बुधबार