निर्माण व्यवसायी एकता समाज सुर्खेतको नेतृत्व छान्न निर्वाचन हुँदै

सुर्खेत । आज निर्माण व्यवसायी सुर्खेतको नेतृत्व छान्न निर्वाचन हुँदै छ । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्न लागिएको छ । वीरेन्द्रनगरको जिल्ला समन्वय समितिको हलमा मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा निर्माण व्यवसायी पदम खड्का र बशन्त विक्रम जिसी चुनावी मैदानमा छन् । दुवै जनाले प्यानल नै खडा गरेर निर्वाचनमा होमिएका छन् ।