सुर्खेत ।केही दिन देखि निरन्तर परेको अविरल वर्षाकैबीच आज कर्णाली प्रदेशको सुर्खेतमा दलहरुले मनोनयन दर्ता सुरु गरेका छन्। आज वर्षाकैबीच दलहरुले मनोनयन दर्ता सुरु गरेको हुन्।सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा रहेको निर्वाचन आयोगको कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गरिरहेका छन्।नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गराएका छन्।
यस्तै प्रदेशसभा २ (क) मा पदम वमले स्वतन्त्र उम्मेदवारी दिएका छन्। वम पूर्व वाइसियल जिल्ला अध्यक्षसमेत हुन्।मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर कँडेलले सुर्खेत क्षेत्र नम्बर २ (क)बाट प्रदेससभा सदस्यमा मनोनयन दर्ता गराएका छन्। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अमृत विसी र प्रदेशसभा २ (ख) मा ताराकेशर गौतमले पनि मनोनयन दर्ता गराएका छन्।
ए.के. सञ्चार । २३ आश्विन २०७९, आईतवार १४:०९