उत्पीडित भएका घटनाहरु केन्द्रीय मुद्धाका रुपमा हे¥यौँ की हेरेनौँ : यामलाल कँडेल

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय ,दलका नेता यामलल कँडेलले जनताको भरोसाले नेपाली राजनितीको केन्द्रमा नेकपा एमाले रहेको बताएका छन् । एमाले किनारा लाग्यो भन्नेलाई टिप्पणी गर्दै उनले नेकपा एमाले किनार नभई राजनितीको केन्द्रमा रहेको बताए ।

वीरेन्द्रनगरमा भएको एक कार्यक्रमा बोल्दै कर्णाली प्रदेशमा तिन वटा राजनीतिक शक्तीको सन्तुलन हाराहारी रुपमा रहेको र एमालेले छोटो समयमा पार्टीलाई सुसङ्गठित गर्दै कमिटिलाई व्यवस्थित गरेर अगाडि बढाएको प्रदेश इन्चार्ज कँडेललको भनाई छ ।

मङ्गलवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरिएको कर्णाली प्रदेशको ऐतिहासिक प्रथम अधिवेशन तथा मानव अधिकार सम्मेलन कँडेले भने, ‘हामीले राज्यका तहबाट सडकमा गुज्जयमान गर्न सक्यो, महसुस गर्न सक्यो, तर समाजबाट उत्पीडित भएका घटनाहरु केन्द्रीय मुद्धाका रुपमा हे¥यौँ की हेरेनौँ ।’ मानव अधिकारका विषयमा काम गर्नेहरुले सात वटा प्रदेश सबै इन्डीकेटरमा पछाडि परेको उनले भने । कार्यक्रममा उपस्थित भएकाहरुलाई कँडेले भने आगामी दिनमा तपाईहरुको ठाउँमा कर्णालीलाई लाभान्भीत हुने गरेर छलफल भयो भने पार्टीलाई केही सहयोग हुने बताए ।

सबैका लागि सबै मानव अधिकार, समाजिक र आर्थिक रुपान्तरणका लागि मानव अधिकारको शुनिश्चिता, सुसँस्कृत समुन्नत र समृद्ध नेपाल निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ कर्णाली प्रदेशको ऐतिहासिक प्रथम अधिबेशन तथा मानव अधिकार सम्मेलन गरिएको थियो ।

कार्यक्रमममा नेकपा एमालेका स्थायी कमटी सदस्य तथा कर्णाली इन्चार्ज एमलाल कँडेल, मानबअधिकार एलायन्सका इन्चार्ज तथा पार्टी पोलिटब्युरो सदस्य पार्वत गुरुङ, केन्द्रिय कमिटी सदस्य दल रावल, वीरेन्द्रनगर नगरपालिकको नगरप्रमुख मोहनमाया ढकाल, मानव अधिकार एलायन्सका केन्द्रीय अध्यक्ष मीन बहादुर शाही, लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।

कर्णाली प्रदेशको ऐतिहासिक प्रथम अधिबेशन तथा मानव अधिकार सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्नेछ ।