सुर्खेत । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला, मुगु, जुम्लामा भुकम्प आउने हल्ला सुनेपछि त्यहाका स्थानीय नागरिक रातभर घरबाहिर बसेका छन् ।
हुम्लाका एक धामीले भुकम्पकाे हल्ला फैलाएपछि उक्त जिल्लाका स्थानीय नागरिकहरु आइतबार राति १२/१ बजे देखि साेमवार बिहान सम्म पनि घर बाहिर आगाे तापेर नै बसिरहेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुबेदीले जानकारी दिए ।
उनका अनुसार हल्ला फैलाउने धामीको खोजी कार्य भइरहेको बताए । आईतबार राती अबेरबाट फैलिएको हल्लाले स्थानीय नागरिकहरु चिसो मौसममा आगो तापेर घर बाहिर बसेका छन् ।
ए.के. सञ्चार । १६ माघ २०७९, सोमबार ०८:५५