सुर्खेत । जाजरकोट जिल्ला भेरी नगरपालिका-६ सिस्नेमा सेप्टी ट्याङ्कीमा गाडिएको लास प्रहरीले फेला पारेकाे छ ।
भेरी नगरपालिका-६ सिस्नेका ४७ वर्षीया काले कामीको लाश सेप्टीट्याङकी भित्र गाडीएको अबस्थामा प्रहरीले फेला पारेको हाे ।
२०७४ पाैष ३० गते राती उनकी श्रीमती भद्रकला कामी र छोराहरू गोबिन्द बिक र तुल्सीराम बिकले हत्या गरी घर नजिकै रहेको सेप्टीट्याङकीमा गाडेका थिए ।
लाश उत्खन्न गर्दा सडेकाे र कंकाल मात्र भेटिएकाे छ । काले कामीको हत्या गर्ने श्रीमती भद्रकला कामी र छोरा तुल्सीराम बिकलाई पक्राउ गरी म्याद थप गरी अनुसन्धान भइरहेको जाजरकोटका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक संतोष निरौलाले बताए ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिए ।
ए.के. सञ्चार । १८ माघ २०७९, बुधबार १८:५६