सुर्खेत । दैलेखकाे आठबीस नगरपालिका राकममा रहेकाे राकम आधारभुत अस्पतालमा स्थापित अक्सिजन प्लान्टकाे उद्वाघन गरिएको छ ।
साेमबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा याेजनामन्त्री विनाेदकुमार शाहले गरेका अस्पतालकाे उद्वघाटन गरेका हुन् ।
अक्सिजन प्लान्टकाे उद्वघाटनमा मन्त्री शाह सँग प्रतिनिधि सभा सदस्य साेविता गाैतम, कर्णाली प्रदेश सभा सदस्य गमता वि.क, आठबीस नगरपालिका प्रमुख तर्कबहादुर बडुवाल र उपप्रमुख कल्पनाकुमारी थापाकाे उपस्थिति रहेको थियाे ।
गैर आवासीय संघ (एनआरएनए) ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट सहयोग गरेकाे थियाे।
साे अक्सिजन प्लान्टकाे उद्घाटन पछि आठबीसमा आधारभुत अस्पताल ओटी सेवा, विशेषज्ञ सेवा सञ्चालन र एक सय बेडकाे अस्पताल सम्बन्धित अन्तरक्रिया समेत भएको छ।
याे प्रतिष्ठान राकमा बनेसँगै, सूदुरपश्चिम प्रदेशकाे अछाम, बाजुरा, साविक कर्णालीका मुगु, जुम्ला, हुम्ला, कालीकाेट र दैलेख लगायतका नागरिकलाई सेवा लिन सहज हुने आठबीस नगरपालिकाले जनाएको छ।
अस्पताल निर्माणका लागि ४३ राेपनी जग्गा स्थानीयले उपलब्ध गराएका हुन् । उक्त अस्पताल सञ्चालनका लागि जुम्लामा रहेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग तीन वर्ष पहिला सम्झौता भएको थियाे ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति डा. मंगल रावलले उक्त अक्सिजन प्लान्टले १ सय ७० देखि २ सय सिलिन्डर उत्तपादन गर्ने क्षमता रहेकाे जानकारी दिए ।
गैर आवसीय नेपाली संघले कर्णालीकाे कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान याे अक्सिजन प्लान्ट दिएकाे थियाे । तर, हाम्राे वैठकले उक्त अक्सिजन प्लान्ट यसै आठबीस नगरपालिकामा रहेकाे राकम आधारभुत अस्पताललाई दिने निर्णय गरेकाे थियाे ।
साथै प्रतिष्ठानका उपकुलपति डा. रावल अब बन्ने एक सय श्ययाकाे अस्पताल सञ्चालन भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चलाउने र त्यसमा प्रदेश सरकार संघ सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए।
सरकारले सहयोग गरेकाे खण्डमा सुर्खेत र नेपालगन्जमा रिफर बिरामी आठबीस आउने खालकाे स्वास्थ्य दिने रावलले आग्रह गरे ।
यस्तै , उक्त अन्तरक्रिया कार्यक्रममा बाेल्दै प्रतिनिधि सभा सदस्य साेविता गाैतमले यस अस्पताललाई सफल पार्नका लागि सबै लाग्नुपर्ने बताएकी छन् ।
कर्णालीमा देखिएका समस्याहरु संसदमा अवश्य पनि बाेल्ने र आफ्नाे तर्फबाट कर्णालीमा सक्ने सहयोग सहयोग गर्ने दाबी रहेकी छन् ।
साथै, कर्णाली प्रदेशका आर्थिक मामिला तथा याेजनामन्त्री विनाेदकुमार शाहले अस्पताल निर्माणका लागि हृदयदेखि सहयोग गर्ने बताएका छन् ।
उनले भने, ` प्रदेश सरकार र मन्त्रीको तर्फबाट गर्नेसक्ने सहयोग गर्नेछु। अहिले सय बेडकाे भनिएपनि यसलाई ३ सय बेडकाे अस्पताल बजाउन मेराे पहल हुनेछ।´
यस्तै, मन्त्री शाहले अस्पताल स्थापनाका लागि प्रदेश सरकारले सहयाेग गर्ने र आवश्यक कामका लागि संघ सरकारसँग पहल गरिने गर्ने बताएका छन् ।
ए.के. सञ्चार । ९ फाल्गुन २०७९, मंगलवार ०८:४६